काठमाडौं - प्रहरीले भन्सार छलेर भारत लैजाँदै गरेको २० क्वीन्टल सुपारीसहित गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका – ६ बाट उत्तर तर्फ लैजाँदै गरेको प्र १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भिसिटीएस लगायतको आवश्यक कागजात नभएको २० क्वीन्टल सुपारीसहित गाडी चालकलाई नियन्त्रणमा लिएको हो।
गाडी चालक दमक नगरपालिका–१ निवासी २८ वर्षीय मुकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । सुपारी, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
0 comment