काठमाडौं – झापामा कारले ठक्कर दिंदा दुईजना पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा कनकाई नगरपालिका–८ निवासी ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार कनकाई–८ स्थित लक्ष्मिपुर चौकमा मंगलबार राति १२ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ च ४५२५ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा उनीहरूलाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाले कार सहित कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धान गरीरहेको छ ।