सिन्धुपाल्चोक,
मिति २०७९/११/१५ गतेका दिन १०ः१५ बजे, सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं.३ गुम्बा स्थित गुम्बा आधारभुत बिधालयमा कक्षा ८ मा अध्ययनरत छात्रा १४ बर्षाकी नोर्ची वङ्मु लामा आलु रोप्न जानेक्रममा सोही ठाउँमा गुम्बाथाङ तर्फबाट ल्याएको बरिको छेउमा ११ हजार भोल्टको “सीता हाइड्रोपावर कम्पनी” को बिधुत लगेको फलामको खम्बामा अचानक बिद्युत सर्तभई ३ मिटर परबाट गुम्बा बस्ने मिकमार लामाको १४ बर्षाको छोरि नोर्ची वङमु लामाको निधन भएको छ । दाई राजमान लामाले बचाउन जाँदा करेन्टले फालेको फालेको थियो र उनलाई बचाउन सकिएन भनि मृतकका बुबाले आफ्नो निबेदनमा लेखेका छन् ।
११ हजार भोल्टेजको बिधुत फलामको पोलमा तलबाट डिभी लाईन जडान गरेको र सीता हाइड्रोपावर र बिधुत प्राधिकरण जलबिरेले सुरक्षितसँग जडान नगरेको हुँदा उत्त घटना भएको हो । राम्रोसँग जडान नगरेको कारणले यो घटना भएको देखिन्छ । नेपाल बिधुत प्राधिकरण जलबिरे शाखाको भने यो पहिलो घटना चाहिँ हैन जलबिरे शाखाको ११ हजार भोल्ट लाइन तारहरु लापरबाही सँग जडान गरेको देखिन्छ ।
0 comment