काठमाडौं - फिदिममा एक घरमा आगलागी हुँदा दुई बच्चाको जलेर मृत्यु भएको छ। 

फिदिमको हिलिहाङ गाउँपालिका-७ स्थित प्रेम पन्थाकको घरमा आगलागी हुँदा  हिलिहाङ-५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम-५ का सन्तोष खातीको ४ वर्षीय छोरा निशान खातीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शुक्रबार अपराह्न खरले छाएको पन्थाकको घरमा परिवारका सदस्य काममा गएका बेला आगलागी भएको थियो।