काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सांसद निलम्बित पद फुकुवा भएको छ।
संसदमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सांसद चौधरीलाई आममाफी दिएको पत्र पढेर सुनाएसँगै निलम्बित चौधरीको सांसद पद फुकुवा भएको हो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीलाई आममाफी दिएपछि रिहाइ भएका थिए। सांसद पद फुकुवा नभएपछि उनको नाम राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा समावेश थिएन।
संसदमा जानकारी भएसँगै संसद सचिवालयले निर्वाचन कार्यालयलाई पत्र पठाएपछि उनको नाम मतदाता नामावलीमा समावेश हुनेछ।
थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा चौधरी जेल परेका थिए। उनी जेल परेपछि उनको सांसद पद निलम्बित भएको थियो।
0 comment