महिला भएकै कारण महिलालाई शारीरिक, मानसिक, यौन शोषण, दमन यातना र अमानवीय व्यावहार जातिय दुव्र्यवहार गर्नु नै महिला हिँसा हो । घरेलु हिंसा महिलाहरुले धेरै नै व्यहोर्नु परेकोे कुरा निम्न स्तरको महिलाहरुको गुनासो छ । समाजमा घरेलु हिंसालाई सामान्य घरेलु समस्याका रुपमा लिने गरेको पाइन्छ तर महिला माथि हुने विभिन्न घरेलु हिंसा पनि एक जघन्य अपराध हो ।

दिनदिनै कहिले दाइजोको कारण त कहिले घर परिवारको सदस्यबाट कुटपिट भएर मृत्यु हुने महिलाको संख्या पनि बढ्दो छ । पितृसत्तात्मक संस्कार, संस्कृति रहन सहनका कारण पनि मानव–मानव विचमा उत्पन्न भएको असभ्यताले पनि मलिाहरुलाई हिंसातिर धकेलीरहेको हुन्छ । महिलामा पनि अशिक्षा, बेरोजगार आफ्नो आत्मबल र आफुलाई चिन्ने क्षमता प्रति कम विश्वासको कमि भएर पनि र अधिकांस महिलाहरु परनिर्भर छन् ।

महिलाले महिलालाई नै गर्ने व्यवहारमा सुधार नभएसम्म महिलाको सत्रु महिला नै भएमा हाम्रो नेपाली समाजमा कहिले परिवर्तन हुँदैन । एक नारीले अर्को नारीको आत्मसक्षम भएको देख्दा हौसला दिइ अगाडी बढ्ने प्रेरित गर्नको सट्टामा फलानी यस्ती उस्ती घर बाहिर काम गर्ने गइ भन्दै कुरा काट्दै विभिन्न लान्छना लगाई खुट्टा तान्ने प्रवृतिका कारण पनि सक्षम महिलाहरुले पनि मानसिक र बौद्धिक क्षमतामा असर पारी कमजोर बन्दछन् ।

महिला आयोगको २ बर्ष अगाडीको तथ्याङ्कलाई हेर्ने हो भने पनि घरेलु हिंसा ७५% कुटपिट ४०% बलत्कार र बहुविवाह, जातिय दुव्र्यवहार लगायत ९०% घट्नाहरु रहेका छन् । महिला आयोगको उक्त तथ्याङ्क हेर्दा पनि महिला हिँसाको मुद्दा घरेलु हिंसाद्वारा पिडित महिलाको संख्या नै बढी देखिन्छ । महिलाहरु श्रीमान् घर परिवारको सदस्य सासु, ससुरा, नन्द, आमाजु, जेठाजु, जेठानी, देवर आदि बाट नै अपमानजनक व्यवहार गरिरहेको पाइन्छ ।

पुरुषले महिलालाई “म” पुरुष हु म ठूलो हुँ, मैले घरको काम गर्नै हुन्न भन्ने सोचको कारण पनि घरेलु हिंसा बढेको हो । महिला हिंसाको अन्त्य जबसम्म हुन सक्दैन किनकी पितृसत्तात्मक सोचमा परिवर्तन गर्नु पर्दछ र पुरुषबादको अन्त्य गर्नु पर्दछ । पुरुष भएर होइन परिवारको राम्रो सदस्य भएरसोच्ने र महिलाले पनि आफु महिला भएर महिलालाई ईज्जत र सम्मान दिएमा मात्र हाम्रो नेपाली समाजमा महिला हिंसामा कमि हुन्थ्यो की ?

- ईशा  अधिकारी