काठमाडौं - सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। छठ पर्वको मुख्य विधिअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गरी अर्घ दिने परम्परा रहेकाले सरकारले थप एक दिन बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै छठ पर्वकै अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्। छठ पर्वमा व्रतालुहरूले चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार सूर्यदेवको उपासना गर्ने गर्छन्। पर्वको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुने धार्मिक मान्यता छ।


0 comment