काठमाडौं - मोरङ केराबारीको जङ्गलमा महिलाको शव फेला परेको छ ।

जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

केराबारी गाउँपालिका-२ फैबामा जंगलभित्र पार्वती लिम्बूको शव फेला परेको हो ।

महिलाको शरीरको कम्मरमुनिको भागमा कपडा छैन । तर शरीरमा बाहिरी चोटपटक नदेखिएको प्रहरीको भनाइ छ । घटनास्थलमा कुनै शंकास्पद वस्तु पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

पार्वती र पतिबीच पटकपटक विवाद र झगडा हुने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् । यद्यपि घटनासँग उक्त विवादको सम्बन्ध रहे नरहेको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अनुसन्धानका लागि फरेन्सिक जाँचका लागि चिकित्सकसहितको टोली घटनास्थलतर्फ पठाइएको बताईएको छ ।