काठमाडौं – रास्वपाका सभापति रवि लामिछाने अहिले विकसित घटनाक्रमका सन्दर्भमा तिब्र छलफलमा छन । विचौलिया इनम सापकोटाको कनेक्सन प्रधानन्यायधीससम्म देखिएको भन्ने समाचार बाहिरिएपछि लामिछानेको सक्रियता तिब्र भएको हो ।

विचौलिया सापकोटासँग प्रहरी प्रमुख न्यायधीस प्रधानमन्त्रीको सचिवालयसम्म लहरो गाँसिएको समाचारले अहिले नेपाली राजनीति क्षेत्र निकै तरङगीत बनेको छ । उच्च संयन्त्रसम्म विचौलियाको कनेक्सनको समाचार भाइरल भएपछि केही पत्रकारहरुलाई प्रहरीले पक्राउ गरी हिजो नै छाडिएको दिएको थियो ।

प्रधानमन्त्री बालेन रविलाई भेटन उनको निवास बुढानीलकण्ठ पुगेका थिए । करिब ४ घण्टा सभापति र बालेनको कुराकानी भएको स्रोतले बताएको छ । अहिले न्यायालयमा विकसित घटनाक्रम, संसद्मा दर्ता भएको निजामति विधेयक फिर्ता लिएर अध्यादेश ल्याउने तयारी लगायतका विषयमा सभापतिसँग संवाद भएको रास्वपाका नेताहरूले जानकारी गराएका छन् । लामिछानेले उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि संवाद गरेका थिए । उनीहरूबीच दुई घण्टा कुराकारी भएको जानकारी गराइएको छ । अर्थमन्त्रीको सचिवालयले भेट भएको जानकारी गराएको छ । 

सभापति लामिछानेले बिहीबार बिहान उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग कुराकानी भएको थियो । गौतमसँग सभापति लामिछानेले साढे तीन घण्टा कुराकानी भएको जानकारी गराइएको छ । सभापति लामिछानेले शुक्रबार कानुनी पृष्ठभूमिका रास्वपा सांसदहरूसँग समेत छलफल गरेका थिए । रास्वपा सांसद मोहनलाल आचार्यले सभापतिसँग कानुनी पृष्ठभूमिका सांसदहरूसँग छलफल भएको जानकारी गराए ।

न्यायलयसँग यसरी विचौलियाको कनेक्सन हुनु गम्भीर विषय हो भनेर विभिन्न दलहरुले यसको निन्दासमेत गरेका छन । अब यो कनेक्सनलाई कि त होइन भन्ने प्रमाणित गर्नुपर्नेछ हैन भने महाअभियोगको प्रस्ताव लगेर प्रधानन्यायधीसलाई हटाएर छानविन गर्नुपर्ने हुन्छ ।

सरकारले चौथो वरियतामा रहेका न्यायधीसलाई प्रधानन्याधीसको लागि सिफारिस गरेको थियो । यसै सन्दर्भमा रास्वपाको सचिवालयको वैठक अहिले पार्टी कार्यालयमा जारी रहेको स्रोतले बताएको छ ।