प्रवीण अधिकारी
मरिसकेको प्राणी र क्षतविक्षत वनाई सकिएको मुलुकमा कसैले प्राण हाल्न सक्तैन | तथाकथित मधेशी , कांग्रेश ,कम्निष्टका शिर्ष नेता सहितको जमातले यो मुलुक अझ जर्जर बनाएर लाँदैछन तर ,इनले यो मुलुकलाई उन्नतिको शिखरमा कहिल्यै पुर्याउन सक्ने छैनन् , किनभने विगत १७ बर्षको बहुदल र १२ बर्षको गणतन्त्रले हामी नागरिकहरुलाई पढाएको पाठ त्यही हो |जबसम्म नेपाली नागरिकता बोक्नेले ” नेपाल र नेपालीहुनुको महत्व बुझ्न चाहँदैन , त्यस्ताको नेतृत्वबाट नेपाल जोगिन वा प्रगतिपथमा लम्किन सक्तैन |
पाणिनीय ब्याकरणले ” निरपेक्ष ” शब्द यसरी बन्न पुगेको बताई दिएको छ – “निर्गता अपेक्षा यस्मात् सः निरपेक्षः ” (one who has lost expectations ) भन्नुको अर्थ जुनकुराको औचित्य र आशा दुबै सकिएको छ त्यो निरपेक्ष्य हो र त्यसमा ” ता ” प्रत्यय जोडिन पुग्दा निरपेक्षता शब्द बन्न पुगेको हो | अर्को शब्दमा भन्दा ,निर्गता निस्केर जाँदा , सकिन पुग्ने अपेक्षा वा चाहना निरपेक्षता हो | म सापेक्षता मान्दिन भन्नु जति अहंले भरिपूर्ण छ , त्यो भन्दा ज्यादै निन्दनीय निरापेक्ष्यता स्वीकार्छु भन्नु हो | निरपेक्षको अर्थ त्यै होइन , जुन दलीय कित्ताका नेपालीहरुलाई घोकाईएको छ | धर्मनिरपेक्षता ,कुनैपनि किसिमको आशा, अपेक्षा सकिएको वा नराखिएको धार्मिक मुलुक हो | नेपालमा रहेका चानचुन ९४% ॐकार परिवारको औचित्य र अपेक्षा सिध्याउने अधिकार नेपालको साशक वर्गले बिना जनमत कसरी पाए ? किनभने धर्म , हाम्रो वैयक्तिक र सामाजिक शुद्धताको साधन मात्र होईन , बरु हाम्रो सामाजिक सचेतनाको ,एकताको, अखण्डताको शक्तिशाली र सशक्त माध्यमपनि हो |
वेलाईती प्रधानमन्त्रीले बेलाईत क्रिश्चियन धर्मावलम्बीको देश हो भनेर गर्व गर्दै आफ्ना चर्च लाएर नेपालको सनातन हिन्दू धर्म नाश गर्न किन उद्दत भएको छ ? यस पछाडिको मिहिन चाल के हो ? कसैको उपनिवेश नभई कुटोकोदालो गरेर खाने मुलुकको धर्म माथिनै प्रहार किन गर्नु परेको हो ? राज्यको धर्म हुदैन भनेर निरपेक्षताको पगरी गुथाउने नेपाली नेताहरु ” वदतो व्याघात ” अर्थात आफ्नो बोलीको आफैले खण्डन गर्न किन हुन पुगेका हुन ? अझ लोकतन्त्रको दुहाई दिएर लोकमान्यता विहिन किन हुन पुगे ? यो नेपालको अहम सवाल हो ? नेपाली नेताहरुको सत्ता हालीमुहालीको नीति हो |
राज्यको धर्म हुन्छ हुदैन त्यसको व्याख्या निरपेक्षताको नाउँमा पालिन पुगेका नेताहरुले जानुन , तर , धर्म भनेको हामी मान्छेले धारण गर्ने मानवीय आचार , व्यवहार र संहिता हो , जसले समाजलाई सामाजिक प्राणि बन्न सिकाउँछ , तत् अनुरुप डोर्याउँछ | यसअर्थमा धर्म भनेको आफ्ना पूर्खाले निर्माण गरिदिएको सामाजिक आचार संहिता हो | पारिवारिक नियम कानून हो | यसोभन्दा कानून, मर्यादा, नियम, सदाचार, नैतिक मूल्य, शास्त्रले निर्देश गरेको आचरण, प्राकृतिक स्वभाव नै धर्म हो भन्ने बुझिन जान्छ | निरपेक्ष भनेको आश नगर्नु, वास्ता नराख्नु, चासो नदिनु, सम्बन्ध नराख्नु, अनुपयोगी हुनु हो | जब शब्द प्रयोग गरिन्छ , प्रयोगकर्ताले त्यस शब्दको अर्थ नबुझी , त्यसको गहिराई ख्याल नगरी , सतही रुपमा प्रयोग गर्दा वर्तमान नेपाल झैँ नीतिहीन हुन पुग्दछ |



0 comment