काठमाण्डौं – फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ  छ। अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ । तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन् ।
१. तुलसी– तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ  । जसले गर्दा अरुको समेत स्वाद हराउँछ।  तुलसी पानीमा राख्नुपर्छ ।
२. आलु– चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा बदलिन्छ ।  आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ ।
३. लसुन र प्याज – आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ । लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ ।
४. जैतुनको तेल– जैतुनको तेल फ्रिजमा राख्नुहुँदैन। कम तापमानमा यो संघनित भएर मही जस्तै गाढा हुन्छ ।
५. रोटी– धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन्।  फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ ।
६. कफी– कफी कहिल्यै फ्रिजमा नराखौँ। यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ ।
७. मह– यसको डब्बालाई पातलो प्लाष्टिकले बेरेर  राख्नुपर्छ। मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ।
८. अचार–  अचारमा भिनेगार धेरै हुन्छ । यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ।  यसलाई  फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ ।