काठमाडौं - कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएका छन् । शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

शाहीले ३ हजार ९०६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाए। केन्द्रीय निर्वाचन समितिले औपचारिक रुपमा अन्तिम परिणाम घोषणा गरिसकेको छैन ।

उनी १४औं महाधिवेशनमा पनि पूर्वसभापति शेरबहादुर देउवाको समूहबाट पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्रीको उम्मेदवार बनेका थिए । नेता शाही गत असोज २ मा देउवा समूह छाडेर संस्थापन पक्षमा फर्किएका हुन् ।