काठमाडौं — नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि अहिले धमाधम मतदान भइरहेको छ । पछिल्लो जानकारी अनुसार मतदानको समय थप भएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको बताइएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले एक सूचना जारी गरेर मतदानको समय थप गरेको जानकारी दिए । करिब ७ हजार प्रतिनिधिले नेपाली कांग्रेस पार्टीको नयाँ पदाधिकारीसहित केन्द्रीय समिति चयन गर्दैछन ।


0 comment