काठमाडौं - नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधिले सभापति गगन थापाले पार्टी फुटाएको आरोप लगाएका छन् । जनकपुरमा बोल्दै नेता निधिले विशेष महाधिवेशन गर्नेले नै कांग्रेस फुटाएको दाबी गरेका हुन् ।
जसले विशेष महाधिवेशन गर्यो,उसैले पार्टी फुटायो अब कानुनी रूपमा बाँकी छ भन्दै यसमा आफूहरुलाई कुनै भ्रम नभएको बताएका छन् ।
उनले विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले भाग नलिएको पनि दाबी गरे । सर्वोच्चमा शेरबहादुर देउवाले पुनरवलोकनका लागि निवेदन दिएर निस्सा पाएपछि अन्तिम फैसला आउन समय लाग्नसक्ने बताए। उनले मंसिर २१ देखि हुने महाधिवेशन अवैध नभएको पनि जिकिर गरे ।


0 comment