काठमाडौं - सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनी निकटका केही व्यक्तिको घरमा छापा मारेको छ ।

स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश जबराका केही नातेदार र निकट नवीन बस्नेत, नारायणप्रसाद दाहाल, नवराज थपलिया र दीपक तिमल्सिनाको घरमा छापा मारेर सम्पत्ति शुद्धीकरणको टोलीले  महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ ।

केही दिनअघि मात्रै सीआईबीको टोलीले जबरालाई उनकै घरबाट मध्यराति पक्राउ गरेर १२ घण्टापछि छाडेको थियो । सरकारविरुद्ध षडयन्त्र गर्ने रणनीतिमा लागेको आशंकामा जबरा र उनी निकटमाथि सुरक्षाकर्मीले निगरानी राख्दै आएको छ ।