काठमाडौं - दाङको तुलसीपुर उपमहानगरपालिका -७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।  बिहान करिब १० बजेतिर तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालक घाइते भएका थिए ।

घाइते भएका बालक सल्यान शारदा नगरपालिका -२ खलङ्गा घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा अन्दाजी  २ वर्षीय आयन नेपाली रहेका छन् ।

दुर्घटनामा घाइते भएका आयन नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।