काठमाडौं - पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट बाहिरिएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खनालले ‘समाजवादी जागरण अभियान’को घोषणा गरेका छन्। खनालको यो अभियानमा  नेकपा (माओवादी केन्द्र)बाट बाहिरिएका हरिबोल गजुरेललगायतका नेताहरूले पनि साथ दिएका छन्।

उनले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रुपमा पुनर्गठन गर्न अभियान सञ्चालन गरिएको बताएका छन्। एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा जोड दिएका छन्। 
पत्रकार सम्मेलनमा वितरित प्रस्तावमा कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन र पनर्संरचना गर्दै वैचारिक तथा राजनीतिक एकताको आधार निर्माण गर्न सबै कम्युनिस्ट समूहहरूसँग  आग्रह गरिएको छ ।