काठमाडौं - श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर देश निर्मणमा योगदान गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले पुराना गल्तीहरुलाई सच्याएर अब नयाँ पुस्ताले रूपान्तरणको साथ अगाडि बढेर देश निर्माणमा योगदान गर्नुपर्ने बताउनुभएको हो ।
उनले कुन पार्टीले कति सत्ता चलाउने, कति वर्ष चलाउने भनेर प्रतिस्पर्धा गर्नुभन्दा देशको लागि राम्रो काम गर्ने भन्ने कुरामा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे । राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए ।
कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको उनको भनाइ छ ।


0 comment