काठमाडौं - गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङ्गे नेपाली कांग्रेसको देउवा समूहमा प्रवेश गरेका छन्। देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा शशांक कोइरालाले उनलाई पार्टी प्रवेश गरेका हुन्।
देउवा पक्षीय पनि १५ औं महाधिवेशनको तयारीमा जुटिरहँदा मनाङ्गे पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै उनलाई मनाङ संयोजक जिम्मेवारी दिइएको छ।
देउवा स्वदेश फर्किएकै दिन मनाङ्गे चुनदेवी पुगेर कांग्रेसमा लागेको छनक देखाएका थिए । एमालेमा प्रवेश गरेर राजनीति सुरु गरेका मनाङ्गे केही समय दल छाडेर स्वतन्त्र बसे । केही वर्षपछि उनी पुनः दलमा नै आबद्ध भएका हुन् ।


0 comment