काठमाडौं - थाइल्याण्डमा आयोजित डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राख्न सफल भएका छन्।  

मोइ थाईको ‘विश्व च्याम्पियनसिप’मा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङ्गले समान रेकर्ड राख्न सफल भएका हुन्।

च्याम्पियनसिपमा नेपालका राई (३१ केजी), तामाङ (५३ केजी), र राठोर (६३ केजी) को खेलमा प्रतिस्पर्धा गरेका थिए। उनीहरु तीनै जनाले द्वितीय स्थान हासिल गर्दै रजत पुरस्कार पाउन सफल भएको सचिव दिपक तामाङले बताए। 

थाईल्याण्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए।

प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजरका रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिहरु सँगै थाईल्याण्ड पुगेका थिए।