काठमाडौं - जिल्ला अदालत रुपन्देहीले पनि रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राख्दै अन्य दुई अभियोग फिर्ता लिने आदेश गरेको हो ।

यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि सहकारी ठगीबाहेकका अन्य अभियोगहरू फिर्ता लिइसकेका छन् ।

अदालतले आरपितहरूलाई पीडितहरूको रकम फिर्ता गर्नका लागि बाटो खुला गरिदिएको हो । रविलगायत विरुद्ध चलेका सहकारी ठगी बाहेकका अरु अभियोग फिर्ता भएका छन् । रास्वपा नेतृत्वमा सरकार गठन भएदेखि नै धमाधम मुद्दा फिर्ता लिन काम भइरहेको छ । 

सहकारी पीडितहरुको रकम फिर्ता गर्नका लागि अदालतले बाटो खुला गरिएको भए पनि अझै पीडितले आफ्नो रकम पाएका छैनन् । खाई नखाइ जम्मा गरेको रकम नपाउँदा कतिपयले त उपचार समेत गर्न पाएका छैन ।