काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारले १३ मुलुकका लागि मापदण्डविपरीत राजदूत सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैंले मापदण्ड तोके पनि त्यसविपरीत राजदूत सिफारिस गरेको आरोप लगाए।
‘सरकारले आफैंले बनाएको मापदण्ड किन लागू गर्न सकेन ? यसलाई सुशासन भनिँदैन,यो कुशासन हो,'उनले भने,' यस्तो के आपत्ति आइलाग्यो ? यो दुईवटा कारणले आउन सक्छ- विदेशी दबाब कि अर्बौंको चलखेल। यसको जवाफ चाहिन्छ।’
सरकारले डा. कल्याणराज शर्मा, चीन , चिरनजंग थापा, संयुक्त राज्य अमेरिका, पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, बेलायत,५. जिग्यान कुमार थापा, जापान, सुरेशकुमार कर्ण, इजरायल, प्राप्ति शेरचन, स्पेन, सरू जोशी, जर्मनी, डा. पद्माक्षी राणा, ओमान, १०. चूडामणि खरेल, मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठ, दक्षिण कोरिया, डा. मंचल झा, श्रीलंका,. गिरीबहादुर सुनार साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको छ।


0 comment