काठमाडौ: नेपाली चलचित्र क्षेत्र कि बरिष्ठ तथा चर्चित  कलाकार अभिनेत्री  रेखा शाहीलाई बिशेष कार्यक्रममा सम्मान गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान मा आयोजित बुद्धवीर लामा गितिमय सागितिक एकल साझ कार्यक्रममा उहाँलाई राष्ट्रीय चलचित्र सम्मान पुरस्कार द्वारा  सम्मान गरिएको हो। 

नायिका रेखा शाहिले अधुरो प्रेम , झझल्को,  बिरोधी , तपस्या , चन्द्र सुर्य ,कर्जा चलचित्रमा आफ्नो आकर्षक सौन्दर्य र उत्कृष्ट अभिनय नेपाली चलचित्र प्रेमीहरुको मनमष्तिकमा आफ्मो नाम बनाउन सफल भएका थिए।

कार्यक्रमका प्रमुख अतिथी पुर्व प्रधानमन्त्री झलनाथ खनाल पुरस्कार हस्तान्तरण गर्दै नायिका रेखा शाहीले नेपाली चलचित्र क्षेत्रमा पुर्याउनु भएको योगदानको सम्मान गर्दै नेपाली चलचित्र क्षेत्रमा भएको बिकासलाई देखेर आफु खुशि भएको बताउनु भयो।