काठमाडौं - पुर्व वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टिमका कोच मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्।

भारतका देशाईलाई युवा तथा खेलकुद मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी मुख्य प्रशिक्षक नियुक्तिको बाटो खुला गरेको हो। 

उनलाई मुख्य प्रशिक्षक नियुक्त गर्न झण्डै एक महिना लामो प्रक्रिया लागेको थियो। 

राष्ट्रिय खेलकुद परिषद (राखेप) संघ संस्था समन्वय शाखाले युवा तथा खेलकुद मन्त्रालयले पारित गरी आएको पत्र क्यानलाई पठाइसकिएको र क्यानले त्यसलाई औपचारिक रुप दिनेछ।

प्रमुख प्रशिक्षक नियुक्त भए पनि मोन्टीसँग औपचारिक सम्झौता भने बाँकी नै छ। सम्झौता गरी मोन्टीले औपचारिक रुपमा प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद राखेपले जानकारी दिएको छ ।

मोन्टीले औपचारिक नियुक्ति नपाइ नै अघिल्लो साताको आइतबारदेखि नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन्।

मोन्टीले आइपिएलमा समेत बिभिन्न क्लबहरुलाई प्रशिक्षण दिईसकेका छन् ।