काठमाडौं - नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बजाज पल्सर स्पोर्ट्स अवार्डको पिपुल च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ। 

सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत एनएसजेएफले सर्वाधिक लोकप्रिय विधाको मनोनयनमा परेका चार खेलाडीको नाम सार्वजनिक गरेको हो।

मनोनयनमा पर्ने खेलाडीमा क्रिकेटर आसिफ शेख, टेनिस खेलाडी अभिलासा विष्ट, फुटबलर अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबल खेलाडी उषा भण्डारी रहेका छन्।

फागुन २३ गते हुने स्पोर्ट्स अवार्डमा चुनिने विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। पिपुल च्वाइसबाहेक अन्य दुई विधाका विजेताले पनि मोटरसाइकल प्राप्त गर्नेछन्।