काठमाडौं - नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन–२ बाट आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
चितवन–२ बाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि गत मंसिर ४ गतेको निर्वाचनबाट दोस्रो स्थान प्राप्त गरेका श्रेष्ठ आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै आयोग पुगेका हुन् ।
गत मंसिर ४ गतेको निर्वाचनमा लामिछाने ४९ हजार २ सय ६४ मतका साथ विजयी भएका थिए भने श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए ।
0 comment