काठमाडौं - बालिका गरिमा चौधरीको घटनाका बिषयमा स्थानीय स्तरबाट वार्ता सम्भव नभएको भन्दै मृतक बालिकाका बुबा आमा सहितको टोली आज काठमाडौं आएका छन् ।

स्थानीय स्तरमा पाँच दिनसम्म आन्दोलन भएपनि वार्ता हुन सकेन् ।  मृतक बालिकाका बुबा आमा सहितको टोली गृहमन्त्री सुदन गुरुङसँग काठमाडौंमा वार्ता गर्नेछन् । वार्ताका लागि आज टोली सिमरावाट उडान मार्फत काठमाडौं आएका हुन् ।

आजै म्याजिक चालक प्रोग्रेस चौधरीको घरमा प्रहरीले पाँच दिनपछि खानतलासी गरेको छ। पीडित परिवारले अहिलेसम्म छ जनाभन्दा बढी विरुद्ध घटनामा संलग्न रहेको भन्दै जाहेरी दिएका छन्।

मृतकको बुबा र आमाले छोटो सम्बोधन गर्दै आन्दोलन जारी राख्न आग्रह गर्दै वार्ताका लागि काठमाडौं आएका हुन् । गृहमन्त्री गुरुङसँग कहिले वार्ता हुने हो समय तोकिएको छैन ।