काठमाडौ: जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दिल्लीबाट काठमाडौं आउँदै गरेको बा प्र.०३-००१ ख ३५३६ नम्बरको बसको भित्री पछाडी भाग (प्यासेज) मा गोप्य स्टोर बनाई लुकाई छिपाई गरी ल्याएको सामान बरामद गरेको छ।
बरामद सामानहरुमा १. Iphone कम्पनीको मोबाइल थान - २१
२. Samsung कम्पनीको मोबाइल थान-४९
३. Vivo कम्पनीको मोबाइल थान- ७५
४. Motorola कम्पनीको मोबाइल थान- १९
५. Redmi कम्पनीको मोबाइल थान- ३९
६. One plus कम्पनीको मोबाइल थान- १३
७. Oppo कम्पनीको मोबाइल थान- ३४
८. Poco कम्पनीको मोबाइल थान- ७
९. Infinix कम्पनीको मोबाइल थान- ३
१०. Igoo कम्पनीको मोबाइल थान- ३
११. Pova कम्पनीको मोबाइल थान- २
१२. Tecno कम्पनीको मोबाइल थान- ३
१३. Lava कम्पनीको मोबाइल थान - १
१४. Narzo कम्पनीको मोबाइल थान- १
१५. Nokia कम्पनीको मोबाइल थान - १
१६. नाम नखुलेको मोबाइल थान- २
१७. Power कम्पनीको मोबाइल थान- २
१८. Huawei कम्पनीको मोबाइल थान- १
१९. Google कम्पनीको मोबाइल थान- १
२०. laptop थान- ६
२१. laptop को Charger थान - ५
२२. प्रोटिनको बट्टा थान - १
२३. Temper Glass थान- ५१३
२४. साडी थान- १७
२५. जिन्स पाइन्ट थान - २१
२६. कुर्था सुरुवाल थान - ३७
२७. जुत्ता १५ जोर रहेको छ ।
बिल बीजक बिनाको विभिन्न कम्पनीका मोबाइल, ल्यापटप, टेम्पर ग्लास, कपडा र जुत्ता गरी अन्दाजी मूल्य रु. ५३ लाख बराबरको सामानहरू बरामद गरेको थियो।
उक्त बसका चालक जिल्ला उदयपुर, साविक सोरुङ छबिसे ७ हाल कटारी नगरपालिका ११ घर वतन हुने वर्ष ३४ को पविन्दर राना मगरलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दान बहादुर थपाले जानकारी दिनु भयो ।


0 comment