काठमाडौं - सरकारले कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मोर्डना खोप ल्याउँदैछ । विश्व बैंकको सहुलीयत ऋण सहयोगमा कोभ्याक्समार्फत खोप खरिद गर्न लागिएको हो ।
सोमबार र भोली मंगलबार खोप आउन लागेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए ।
४० लाख मात्रा खोप १६ लाख ६० हजार डोज गत १० माघमै नेपाल आइसकेको छ । सरकारले मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्ने छ ।
नेपालमा हाल कोरोनाविरुद्ध कोभिसिल्ड,भेरोसेल,एस्ट्राजेनेका, जोनसन एण्ड जोनसज, फाइजर र मोर्डना खोप उपयोगमा आएको छ । सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्ररुपमा अघि बढाएको जनाएको छ ।
0 comment