काठमाडौं - नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताएका छन् ।
बिहीबार शेरबहादुर देउवालाई स्वागत गर्न विमानस्थल पुगेका डा. महतले सञ्चारकर्मीसँग कुरा गर्दै देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता हुने बताउनुभएको हो ।
उनले देउवालाई स्वागत गर्न देशभरिबाट पार्टीका शुभचिन्तक तथा समर्थकहरू स्वतःस्फूर्त रूपमा बिमानस्थल आएको उल्लेख गरे । अहिले अहिले नआएका नेताहरू पनि केहिदिनभित्र आउने उनले बताए।देउवालाइ स्वागत गर्न डा शशांक कोइराला, बिमलेन्द्र निधि लगाएत कांग्रेस संस्थापनइतर समूहका नेताहरु विमानस्थल पुगेका थिए ।


0 comment