काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई असजिलोमा पार्न पूर्वराजा ज्ञानेन्द्र शाहले समेत नसकेको भन्दै ‘अरूले केही गर्न नसक्ने’ बताएका छन्।
पाँच महिनापछि उपचार गराएर स्वदेश फर्किएका देउवाले बिहीबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ?’
उनले आफू र पत्नी आरजु राणाविरुद्ध विभिन्न निकायबाट अनुसन्धान तथा मुद्दा चलाइएको उल्लेख गर्दै सर्वोच्च अदालतले पक्राउ नगर्न आदेश दिएको बताए। आफूले बदलाको भावना नलिएको भन्दै देउवाले जनतालाई देशको मालिक भएको र संविधानसभाले गणतन्त्र स्थापना गरेको बताए।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा देउवाका लागि नेपाली कांग्रेसको सभापतिका रूपमा छुट्टै कोठासमेत व्यवस्था गरिएको छ ।


0 comment