काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले आज भारत र चीनका राजदूतहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् । एक महिनाअघि सामूहिक भेटेका प्रधानमन्त्रीले सोमबार दुई ठुला छिमेकी देशका राजदूतलाई छुट्टाछुट्टै डाकेर छलफल गरेका हुन् । सुरुमा उनले भारतका राजदूतसँग छलफल गरेका थिए, त्यसको केही समयपछि नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ। भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।
राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


0 comment