काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको  तीनबुँदे सहमतिअनुसार  मन्त्रिपरिषद् गठन हुने बताए ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल  जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए । उनले भने,“केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।”

सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको तर्क छ । मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएका उनले स्पष्ट गरे।

नेकपा (एमाले)को समर्थनमा यही साउन १२ गते उनी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।