बाह्रकुने 

काठमाडौं - बाह्रकुने दहमा लागेको माघी मेलामा सञ्चालित स्वास्थ्य शिविरबाट ३ सय जना भन्दा बढीले स्वास्थ्य सेवाको लाभ लिएका छन् । 

बराह क्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मिक क्षेत्र (बाह्रकुने दह) मेलामा त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज, रोटरी क्लब अफ दाङ, लायन्स क्लब अफ घोराही सिटी र घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए ।

मेलामा हुनसक्ने सम्भावित चोटपटकको र प्राथमिक उपचार तथा तत्काल स्वास्थ्यमा देखिनसक्ने समस्याका लागि स्वास्थ्यकर्मी सहित विभिन्न किसिमका औषधिहरु निःशुल्क रुपमा वितरणका लागि राखिएको थियो । शिविरमा स्वास्थ्य सेवा तथा परामर्शका लागि विशेषज्ञ डाक्टरहरुसहितको टोली व्यवस्था गरी सेवाग्राहीलाई औषधि तथा परामर्श दिइएको रोटरी क्लब अफ दाङका अध्यक्ष ओविन्द्र बहादुर महराले बताउनुभयो ।