काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ ।
पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षणमा संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनबारे प्रशिक्षण दिइएको विभागका प्रमुख एवं पार्टीका सचिव पद्मा अर्यालले बताइन् ।
संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको काम र अधिकारका साथै संसदीय समितिहरूको अधिकार क्षेत्र र समितिमा उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिने कार्यक्रम छ ।


0 comment