काठमाडौं - जिल्ला प्रशासन र प्रहरीको टोलीले इलाम कारागारबाट ४८ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ। स्रोत नखुलेको रकम जेलका नाइके, चौकीदार र एक कैदी गरी ३ जनाबाट बरामद गरेको सिडिओ लक्ष्मण ढकालले जानकारी दिए । 

रकमको स्रोत आधिकारिक भए सम्बन्धितले फिर्ता पाउनेछन् । 'जेलमा रहेका ३ व्यक्तिसँग यत्रो रकम कसरी भेला भयो भन्ने अनुसन्धान हुन्छ,' सिडिओ ढकालले भने।

अवैध रकमको सूचनाका आधारमा प्रहरीले आज दिउँसो छापा मारेको थियो । जेलको ७ नम्बर कोठाबाट बरामद रकममा २४ हजार रुपैयाँको भारु नोट पनि छ ।