काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निश्कल राईले आज जेनजी युवाहरु आफैले रोजेको सरकारको लाठ्ठी खान वाध्य भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको वैठकमा बोल्दै सांसद राईले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको, प्रहरीको गोली चल्दा ७७ जनाको ज्यान गएको र त्यहि आन्दोलनले एउटा सरकार ढलेको र बालेन शाहलाई १८२ सिटको वहुमत दिएको उनले बताए । सांसद राईले जेनजी युवाले अभिव्यक्ति स्वतन्त्रता माग्दै सडक ओगटेको सुनाउँदै सांसद राईले अहिले त्यहि जेनजी आफैले रोजेको सरकारको लाठ्ठी खाइरहेको बताएका छन् । उनले जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो आज त्यहि युवालाई प्रश्न गर्नबाट बञ्चित गरिएको बताए । सांस्द राईले प्रश्न गरे, ‘यो के हो सभामुख महोदय ?’
सांसद राईले आज देशमा त्यहि कथा फेरि दोहोरिँदै गरेको सांसद राईले बताए । उनले सुरक्षा घेराभित्र लुकेर हिंड्ने अनाधिकृत पात्रहरुको आतंक बढेको बताए । उनले प्रश्नहरु बर्जित हुन थालेको समेत बताए । सांसद राईले लोकतन्त्रलाई संस्थागत हुन नदिने एकपछि अर्को कार्यहरु भइरहेको बताएका छन् । सांसद राईले सरकार निंरकुश बन्दै गइरहेको आरोप समेत लगाएका छन् । उनले सरकार सत्ता उन्मादले विवकेशिल अभियान, जेनजी मुभमेन्ट, अभिव्यक्ति र नागरिक स्वतन्त्रताका लागि लडेर आएका सत्ता पक्षमा सांसदहरुको मुखमा टेप लागेको समेत आरोप लगाए ।


0 comment