काठमाडौं - मकवानपुरको विभिन्न गाउँपालिका क्षेत्रमा आज दिनभर अविरल वर्षा भइरहेकाले विभिन्न स्थानमा पहिरो जानसक्ने सम्भावना बढेको भन्दै सवारी सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी सूचनामा त्रिभुवन राजपथको दामन-पालुङ हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारकासवारीसाधनलाई आज साँझ ५ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।
हेटौँडास्थित चौकीटोलबाट जिल्ला प्रहरी कार्यालयद्वारा खटिएको प्रहरी टोलीले आज साँझ ५ बजेदेखि काठमाडौँ र भीमफेदीतर्फ जाने सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन राजजोशीले जानकारी दिए ।
हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोक पथका लागि पनि जिल्ला प्रशासन कार्यालयले प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै प्रकारका सवारी सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । स्थानीय चौघडाबाट प्रहरीको समन्वयमा सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए ।


0 comment