काठमाडौं - विशेष अदाललते टेरामक्स प्रकरणमा मुछिएका कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार उनलाई सफाइ दिँदै दिगम्बर झालगायतलाई भने दोषी ठहर गरेको छ । दुरसञ्चार प्राधिकरणका अध्यक्ष झा, पूर्वसचिव धनराज ज्ञवाली लगायतलाई भने दोषी ठहर गरेको हो ।

उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिवाना हुने ठहर गरेको छ । झा प्राधिकरणको अध्यक्ष भएकोले उनलाई भने थप सजायको फैसला गरेको हो ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २०८२  जेठ १ मा मुद्दा दायर भएको थियो ।