काठमाडौं - बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग बन्द गरिएको छ । रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्ग बन्द गरिएको हो। पानीको बहाव सडकमा क्षति पुगेपछि आइतबार अपराह्नदेखि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको हो।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले रातिको समयमा आवागमन सञ्चालन नहुने भएकाले वर्षा रोकिएर अवस्था सामान्य भए सोमबार बिहानदेखि सवारी सञ्चालन गर्ने प्रयास गरिने बताए।
राजमार्ग बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् । काठमाडौंबाट पूर्वतर्फ जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा तथा पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई मंगलटार र नेपालथोकमा रोकिएको जनाएको छ। रोशी खोलामा बाढी आउने बित्तिकै बीपी राजमार्गमा सवारी आवागमनमा बाधा सिर्जना हुने गरेको छ ।


0 comment