काठमाडौं - मिडियामा बोलेका सुकुम्वासी डम्बर तामाङ पक्राउ परेका छन् । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बस्दै आएका ३९ वर्षीय तामाङलाई प्रहरीले आइतबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा होल्डिङ सेन्टरबाटै पक्राउ गरेको हो।

तामाङ थापाथलीबाट विस्थापित सुकुम्वासी हुन्।तामाङको पक्राउलाई लिएर सरकारको व्यवहारप्रति प्रश्न उठाइएको छ। सरकारले होल्डिङ सेन्टर असार १९ गतेभित्र खाली गर्न निर्देशन दिएपछि त्यहाँ बसिरहेका सुकुम्वासीहरूले विरोध जनाउँदै आएका छन्। 

उनीहरूको माग पहिले उचित व्यवस्थापन गरेर मात्रै अन्यत्र स्थानान्तरण गर्नुपर्ने रहेको छ। उनीहरूले आफूहरूको व्यवस्थापन नगरी जबरजस्ती उठिबास लगाउन खोजिएको आरोप लगाएका छन्।

पछिल्लो समय सुकुम्वासीसम्बन्धी समाचार संकलनमा समेत रोक लगाइएको छ। सुरक्षामा खटिएका कर्मचारीहरूले माथिल्लो निकायबाट रिपोर्टिङका लागि अनुमति नभएको बताएका छन्।