काठमाण्डौं – आर्थिक वर्ष २०७९/८० को श्रावण देखि कार्तिक सम्मको तथ्यांक विवरण अनुसार अछाम जिल्लामा ८० जना अरु नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।
गत आर्थिक बर्ष जिल्लामा १ सय ८१ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यस्तैगरी यस आर्थिक बर्षमा मलेरियाका १० जना नयाँ बिरामी फेला परेका छन् । अघिल्लो आर्थिक वर्षमा मलेरियाका समेत १ सय ८१ जना बिरामी थिए भने गत आर्थिक वर्षमा अछाम जिल्लामा ५७ जनालाई एचआईभी एड्सको संक्रमण रहेको पुष्टी भएको थियो ।
सदरमुकाम मंगलसैन र साँफे बगरमा क्षयरोग, एचआईभी र मलेरिया सम्बन्धी आयोजना भएको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको थियो ।
0 comment