चितवन:काँडा भेट्दा होटेलका दुई कर्मचारी प्रहरी नियन्त्रणमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि अम्लेट बनाउने होटेलक दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गृहमन्त्री गुरुङ चितवनको लड्स प्लाजा होटलमा बसेका थिए। बिहान खाजामा अम्लेट खाने क्रममा माछाको काँडा फेला परेपछि उनले होटेलका स्टाफहरूलाई बोलाएर थर्काएनन् मात्र प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र एसपी रामेश्वर पौडेललाई फोन गरेर तत्काल कार्वाही गर्न निर्देशन दिएका थिए।


0 comment