काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बन्दसत्र स्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेको बताएका हुन्। परिणाम जेसुकै आए पनि आफू चुनावी प्रतिस्पर्धामा उत्रिन तयार रहेको उनको भनाइ छ।
‘म महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेँ। परिणाम जेसुकै होस्, म अब भिड्नका लागि तयार भइसकेँ,’ झाले भने।
झाले आफूलाई देशको प्रधानमन्त्री वा पार्टीको सभापति बन्ने अपेक्षा नभएको भन्दै अहिले निर्वाह गरेको नेतृत्वभन्दा माथिल्लो जिम्मेवारीमा पुग्ने आकांक्षा भने स्वाभाविक रहेको उनको भनाइ छ।


0 comment