काठमाडौं - श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले सरकारको राष्ट्रिय ऋण उठाउने विधेयक द्विविधापूर्ण रहेको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले राष्ट्रिय ऋण उठाउने विधेयक ऋण उठाउने कि ऋण लिने भन्ने द्विविधापूर्ण रहेको बताउँदै सरकारले यसलाई स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

सांसद राईले जिब्रो नचपाई जे छ त्यहि बोल्नु पर्ने बताउँदै विधेयकमा सार्वजनिक ऋण लिने विषय लेख्दा राम्रो हुने सुझाव समेत दिए । सांसद राईले सार्वजनिक ऋण लिएपछि राज्यले उपलब्धीमुलक क्षेत्रमा लगानी गर्नुपर्ने समेत बताउँदै यसले मात्र प्रतिफल राम्रो दिने बताएका छन् । उनले ऋण लिएर भवन नभई उद्योग बनाउनु पर्ने सांसद राईले बताएका छन् ।

उनले ऋण लिएर जथाभावी खर्च गर्दा आज देशमा सहकारीहरु डुबेको समेत बताए । उनले ऋण लिने, लगानी नगर्नेलगायतका सामस्याले देशभरका सहकारी डुबेको र ठूला ठूला काण्डहरु देखिएका कारण यस्ता कुरामा सरकारको ध्यान पुग्नु पर्ने बताए । उनले ऋण भन्ने कुरा जहिले उपलब्धीमुलक क्षेत्रमा मात्र लगानी गरिनु पर्ने बताए ।