काठमाडौं - नेकपाका सांसद रमेश मल्लले संसदमा प्रतिपक्षले खेलेको रचनात्मक भूमिकालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । 

आजको  प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए । साथै यस बिषयमा  प्रतिपक्षले उठाएको आवाजको नजरअन्दाज गर्न नमिल्ने समेत उनको भनाई थियो ।

उनले प्रधानमन्त्री कार्यालयमा कोही मानिसलाई बोलाएर बयान लिइएको तथा पक्राउ गरिएको भन्दै प्रधानमन्त्रीको कार्यालय त्यस्तो काम गर्ने ठाउँ नभएको पनि मल्लले बताए । उनले यस्ता घटनाबाट लोकतन्त्र र संविधानकै चीरहरण हुन सक्नेतर्फ ध्यानाकर्षण गराएका छन् ।