काठमाडौ – कोरोना भाइरसको ओमिक्रोन प्रजातिको उपप्रजाति नेपालमा नभेटिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

चीनसँगै अन्य देशमा पुष्टि भएको बीएफ सेभेन नेपालमा अहिलेसम्म नभेटिएकाले हल्लाको पछि नलाग्न सर्वसाधरणलाई जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । साथै मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षण गर्दा ओमिक्रोनका अन्य उपप्रजाति भने पुष्टि भएको जानकारी दिनुभयो । उक्त उपप्रजाति नभेटिए पनि सतर्कता भने अपनाउन उहाँले सबैसँग अनुरोध गर्नुभएको छ ।