काठमाडौं -  सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आवश्यक परेमा प्रधानमन्त्रीले सदनमा गएर जवाफ दिने बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री बालेन्द्र शाहले सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतका धेरै सिमाना मिचेको अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले लगातार रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरुले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर सदन समक्ष माफी माग्नु पर्ने अडान लिएका छन् ।

यस्तै प्रवक्ता पोखरेललले आर्थिक विधेयकमा कुनै चलखेल नभएको भन्दै अर्थमन्त्रीले मेहनत गरेर राम्रो बजेट ल्याएकाले पूर्ण समर्थन रहेको बताए । अर्थमन्त्रीले निश्चित व्यापारीलाई पोस्न करको दरमा हेरफेर गरेको आरोप लगाउँदै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसदीय समिति गठन गरेर छाबनिन गर्नुपर्ने सदनमा जोडदार माग गरेका छन् ।