काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादको कुरा गर्दा नेपालले पनि भारतको सीमा मिचेको भन्ने जवाफ दिएपछि सांसदहरु नै चकित परेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै नेपालले कहाँ मिच्यो भनेर जवाफ मागेका छन् । कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आपत्ति जनाउँदै सदनलाई थप जानकारी दिन माग गरेकी हुन्।
आइतबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै शाहले लिपुलेक, लिम्पियाधुरासहितको सीमा विवादमा समाधानका लागि प्रयास भइरहेको जानकारी दिँदै नेपालले पनि भारतीय सीमा अतिक्रमण गरेको बताएका थिए।
उनले भने, ‘मैंले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ नेपालले पनि भारतको सीमा मिचेको रहेछ।’प्रमुख सचेतक थापाले नेपालले कहाँ-कहाँ भारतीय सीमा मिचेको छ त्यसबारे जानकारी दिन अन्यथा गतल अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन्।


0 comment