काठमाडौं - प्रधानमन्त्री बालेन शाहले नेपालसँगको सीमा विवादबारे भारत र चीनसँग कुरा भइरहेको बताएका छन् ।

 एमाले सांसद पद्मा अर्यालले भारतले नेपालको भूमि प्रयोग गरेर बाटो खोलेको विषयमा सरकारको धारणा माग्दा प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री शाहले भने,‘भारत र चीनमात्रै नभइ इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं ।’ प्रधानमन्त्री शाहले नेपाल सरकारले भारतलाई डिप्लोमेटिक नोट पठाएको र भारतबाट त्यसको जवाफ पनि आइसकेको जानकारी दिए ।